विराटनगर । मोरङको ६ प्रतिनिधि सभाको निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मतगणना जारी छ । मोरङको विभिन्न चार स्थानमा सोमबार दिउँसो सुरु भएको मतगणना अधिकांश स्थानमा अहिले पनि जारी छ ।

मंगलबार दिउँसो १२ बजेसम्म निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार मोरङको २/२ स्थानमा एमाले, काँग्रेस, १/१ मा माओवादी र एमालेका बागी उम्मेदवार अगाडी रहेका छन् ।

मोरङ १
एमालेका घनश्याम खतीवडा २७४१
काँग्रेसका डिग बहादुर लिम्बु २०३२

मोरङ २
एमालेका ऋषिकेश पोखरेल २७००
काँग्रेस सुजता कोइराला २३२८

मोरङ ३
काँग्रेस सुनिल कुमार शर्मा ३१३२
एमालेका भानुभत्त ढकाल १५७३

मोरङ ४
माओवादीका अमन लाल मोदी ७१९९
एमालेका विनोद प्रसाद ढकाल ४९६७

मोरङ ५
एमालेका बागी उम्मेदवार योगेन्द्र मण्डल ४१२२
जसपका राजकुमार यादव ३६५५
माओवादीका शिवकुमार मण्डल ३५९०

मोरङ ६
काँग्रेस डा. शेखर कोइराला २७८५
एमालेका लालबावु पण्डित २३८०