विराटनगर । मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइराला १८७ मतले अगाडि छन् ।

सोमबार राति १० बजेसम्ममा १ हजार ४८ मत गणना गर्दा कांग्रेस उम्मेदवार कोइरालाले ७८७ मत पाएका छन् । यस्तै उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार लालबावु पण्डितले ६०० मत पाएका छन्।
स्वतन्त्र पार्टीका यादव कुमार प्रधानले २२० मत पाएका छन् भने राप्रपका गोपाल कटुवाल क्षेत्रीले ११७ मत ल्याएका छन् ।