विराटनगर । मोरङको क्षेत्र नं. ४ मा माओवादी केन्द्रका अमनलाल मोदीले फराकिलो अग्रता बनाएका छन् । कटहरी गाउँपालिका ४ नम्बर वडाको मत गणना सम्पन्न हुँदा मोदीले १ हजार ३३ मतले अगाडी रहेका छन् ।

३ हजार ४ सय ९२ मत गणना हुँदा मोदीले २ हजार १ सय ७९ मत ल्याएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमाले नेता विनोद ढकालले १ हजार १ सय ४६ मत ल्याएर पछ्याउँदैछन् ।

४ सकिएपछि कटहरी गाउपालिका वडा नम्बर ६ को मतगणना सुरु गरिएको छ ।