विराटनगर । उदयपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका नारायण खड्काले अग्रता लिएका छन् ।

एक हजार मत गणना गरिसक्दा खड्काले ४०४ मतसहित अग्रता लिएका हुन् ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी मञ्जु चौधरीले ३८७ मत ल्याएकी छन्। यस्तै राप्रपाका ध्रुवकुमार रायमाझीले ५१ मत ल्याएका छन् भने जसपाका गोपाल राईले ४६ मत पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उद्धव अधिकारीको ३४ मत छ ।