विर्तामोड । झापाको क्षेत्र नं. ३ मा राप्रपाका उम्मेदवार राजेन्द्र लिङ्देनले अग्रता कायम राखेका छन् ।
अहिलेसम्म हल्दिबारी गाउँपालिकाको ४४०० मत गणना सम्पन्न हुँदा लिङ्देनले १६७३ मतसहित अग्रता लिएका हुन् । नेपाली काँग्रेसका कृष्णप्रसाद सिटौलाले १३३४ मत प्राप्त गरेका छन् ।
हल्दिबारी लिङ्देनको प्रभाब रहेको गाउँपालिका हो । सो पालिकामा गत स्थानीय तह निर्वाचनमा राप्रपाबाट लिङ्देनकै भाई रविन्द्र लिङ्देन निर्वाचित भएका थिए ।

