विर्तामोड । प्रतिनिधि सभा अन्तर्गतको झापा क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार स्वागत नेपालले अग्रता लिएका छन् ।

नेपालले ३ हजार १७५ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार देवराज घिमिरेको ३ हजार १४६ मत छ । माओवादी केन्द्रका हरिकुमार रानाले १५६८ मत प्राप्त गरेका छन् ।

उता झापाको क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । २१३० मतगणना सम्पन्न हुँदा स्वतन्त्र पार्टीका शम्भु ढकालले ८३७ मतसहित अग्रता लिएका हुन् । नेकपा एमालेका एलसी सावाँले ६७५ मत पाएका छन् भने नेपाली काँग्रेसका देउमान थेवेको मत ३९६ छ ।