विराटनगर । १५ मतदान केन्द्रमा मतदान रोकिएको छ ।निर्वाचन आयोगका अनुसार देशभरका १५ मतदान केन्द्रमा मतदान रोकिएको जनाइएको छ ।

दिउँसो ३ः३० बजेसम्म १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको निर्वाचन आयोगले सामाजिक सञ्जाल फेसबूकमार्फत जानकारी दिएको छ ।
यी रोकिएका मतदान केन्द्रमा मतदान कार्य सुचारु गर्न प्रयास भइरहेको छ ।

अन्यत्रभने शान्तिपूर्ण रूपमा मतदान भइरहेको जनाएको छ ।