देशभर अहिलेसम्म ४६ प्रतिशत मत खस्यो

काठमाडौं । आज भइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावअन्तर्गत देशभर अहिलेसम्म ४६ प्रतिशत मत खसेको छ ।

गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहका अनुसार ३ः३० बजेसम्म देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको जानकारी पाएको बताए ।

सचिव सिंहले अहिलेसम्म शान्तिपूर्ण र व्यवस्थितरूपमा मतदान भइरहेको पाएको बताए । मतदान कार्य रोकिएका ठाउँमा पनि मतदान फेरि सुरु गराउन पहल गरिरहेको र कतिपय ठाउँमा फेरि मतदान सुरु भइसकेको उनको भनाइ छ । उनले मतपेटिका ढुवानीका लागि आवश्यकताअनुसारका गाडी तैनाथ राखिएको पनि बताए ।

आइतबार, ०४ मंसिर, २०७९, दिउँसोको ०४:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर