विराटनगर । माेरङकाे बूढीगंगा गाउँपालिका-१ स्थित करैया देवीस्थान केन्द्रभित्रै शंकास्पद वस्तु बिस्फोट भएपछि राेकिएकाे मतगणना सुरु भएको छ।

लाइनमा बसेर मतदाताले मतदान गरिरहेका बेला केन्द्र भित्रै आज बिहान ९:१५ बजे शंकास्पद वस्तु विष्फोट भएपछि मतदान स्थगित भएकाे थियो। राेकिएकाे तीन घण्टा पछि आज दिउँसो १२:२० बजेबाट करैया देविस्थान केन्द्रकाे मतदान सुरु भएकाे माेरङका प्रमुख जिल्ला अधिकारि काशिराज दाहालले जानकारी दिए ।

नेपाली सेनाले मतदान स्थल आसपासका क्षेत्रमा सर्च अभियान संचालन गरी भिडलाई हटाएर अवस्था सामान्य बनाएको थियो । त्यहाँ २९५० मतदाता रहेका छन् । खसेको मत रुजू गर्ने काम सम्पन्न भएपछि मतदान शुरु गरिएको प्रजिअ दाहालले बताए ।