विराटनगर । बूढीगंगा गाउँपालिका-१ स्थित करैया देवीस्थान केन्द्रभित्रै पटका पड्काइएपछि स्थगित भएको छ।
लाइनमा बसेर मतदाताले मतदान गरिरहेका बेला केन्द्र भित्रै विष्फोटको ठूलो आवाज आएको थियो।
विष्फोटको आवाजसँगै मतदाताबीच भगदौड मच्चिएको थियो। बम विष्फोट गराइएको भनेर त्रसित हुँदै मतदाता भागेपछि मतदान स्थगित भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए।
मतदाताबीच भगदौड मच्चिएपछि केहीबेरका लागि मतदान स्थगित भएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए। पुनः मतदान सुरु गर्ने तयारी भइरहेको उनले बताए। उनले मतदान केन्द्रभित्र कसले पटका लग्यो र पड्कायो भन्ने बारेमा अनुसन्धान भइरहेको बताए।

