विराटनगर । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रदेश तथा प्रतिनिधिसभा चुनावको मतदान सकिएर मतपेपटका संकलन भएपछि आजै मतगणना सुरु हुने बताएका छन् ।
भक्तपुरको लोकन्थलीस्थित युनिक नेपाल एकेडेमी मतदान केन्द्रबाट मतदान गरिसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख आयुक्त थपलियाले मतपरिणाम छिटोभन्दा छिटो सार्वजनिक गर्ने तयारीमा आयोग रहेको बताए ।
‘बेलुका मतदान सकिनेबित्तिकै सबै मतदानकेन्द्रहरूबाट मतपेटिका संकलन गरिनेछ’ उनले भने, ‘बेलुका ८ बजेतिरबाट मतगणना सुरु गर्ने तयारी गरेका छौं ।’ एक साताभित्र प्रत्यक्षतर्फको सबै मतगणना सक्ने आयोगको योजना रहेको उनले बताए ।
प्रमुख आयुक्त थपलियाले यस पटक ७० प्रतिशतभन्दा बढी मत खस्ने सम्भावना रहेको बताए । २ दिन बिदा भएकाले पनि मतदानमा नागरिकहरू उत्साहित भएको उनको भनाइ छ ।