विराटनगर । मोरङ क्षेत्र नं. ६ का प्रतिनिधिसभाका उम्मेदवारहरु नेपाली काँग्रेसका डा.शेखर कोइराला र नेकपा एमालेका लालबाबु पण्डितले मतदान गरेका छन् ।

डा. कोइरालाले विराटनगर ७ स्थित आदर्श स्कूल विराटनगर मतदान केन्द्रमा र पण्डितले विराटनगर १२ स्थित महेन्द्र मोरङ क्याम्पस ‘ख’ मतदान केन्द्रमा मतदान गरेका हुन् ।

मोरङ ६ मा २०७४ को निर्वाचनमा पनि कोइराला र पण्डित नै उम्मेदवार थिए ।