विराटनगर । शिखर इन्स्योरेन्सले १८ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । बिहीबार एक कार्यक्रम आयोजना गरी विराटनगरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
पछिल्लो समय रगतको अभाव देखिएकाले रक्तदानलगायत विभिन्न कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको प्रदेश १ का क्षेत्रीय प्रबन्धक प्रज्जवल आचार्यले जानकारी दिए । रक्तदान कार्यक्रममा इन्स्योरेन्सका कर्मचारी र सर्वसाधारणको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा १ सय १४ पिन्ट रगत संकलन भएको छ ।

