विराटनगर । काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संविधानमा टेकेर कमजोरीलाई परिमार्जन, संशोधन र सुधार गरिनुपर्ने बताएका छन् ।
मोरङ ६( १) सुन्दरहरैंचा नगरपालिका ७ को गछियामा आजा भएको सत्ता गठबन्धनद्वारा आयोजित चुनावी सभामा उनले दुईदुई पटक संसद विघटन गरेर तत्कालिन प्रधानमन्त्री केपी ओलीले हात उठाएको दाबी गर्दै उहाँले कानूनी शासन, उद्योग स्थापना, रोजगारी सिर्जना गर्ने र पूर्वाधारको विकास गर्न गठबन्धनले जित्नु पर्ने बताए । ५ वर्षभित्र ६५ वर्ष माथिका सबै जेष्ठ नागरिकलाई भत्ता दिने कुरामा गठबन्धन सहमत भएको बताउँदै उनले नेपाललाई समुन्नत राष्ट्रको दाँजोमा पुर्याउने बताए ।
कुरा गरेर देश अगाडि बढ्दैन भन्दै उनले ओली २ घण्टा बोल्ने गरेको तर, काँग्रेस सभापति देउवा ५ मिनेट पनि नबोल्ने तर, काम गर्ने बताए । जुटाएर देश चल्ने फुटाएर नचल्ने भन्दै उनले अहिलेको गठबन्धनले मिलाउने भूमिका खेलिरहेको बताए । यही पार्टीले विपीको सपना पूरा गर्ने उनले बताए ।

