विराटनगर । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धन दलहरूका समर्थकलाई शान्ति, लोकतन्त्र, संविधानको रक्षा र समृद्धिका लागि एक अर्कामा भोट हाल्न अपिल गरेका छन् । मोरङ ६ ( १) सुन्दरहरैंचा नगरपालिका ७ को गछियामा आजा भएको सत्ता गठबन्धनद्वारा आयोजित चुनावी सभामा उनले यस्तो बताएका हुन् ।
प्रचण्डले नेपाललाई पछि धकेल्नेहरूको एमाले नेतृत्वको गठबन्धनलाई पराजित गर्नुपर्ने बताए । गठबन्धनले आर्थिक समृद्धि ल्याउने दाबी गर्दै उनले सुशासन पनि कायम गरिने बताए । देशभरी गठबन्धनको पक्षमा लहर आएको बताउँदै उनले गठबन्धन दशकौं पछिसम्म जान्छ । पूर्वाञ्चल विश्वविद्यालय को मेडिकल कलेज संचालन गर्ने, गछिया र बुढीखोलामा तटबन्धन निर्माण गर्ने, सुकुमबासी समस्या समाधान गर्न लालपुर्जा बाँड्ने उनले बताए ।
डाक्टर शेखर कोईरालाले गिरिजा प्रसाद कोईरालाको दाहिने हात भएर काम गरेकै कारण शान्ति प्रक्रिया यहाँसम्म आईपुगेको बताउँदै प्रचण्डले आफ्नै ज्वाइँको प्रशंसा गर्दै युवा र गतिशिल नेता रहेको बताए । फेरि प्रतिगमनको विरूद्द आन्दोलन गर्नु नपरोस् भन्दै उनले गठबन्धनलाई जिताउन अपिल पनि गरे ।


