फर्ररर.. शुद्ध स्थानीय थारु भाषा र लवजमा भाषण गर्ने कलाले उनी स्थानीयलाई सहजै प्रभावित बनाउँछन् । रैथाने भाषामा व्यक्त गर्ने प्रतिबद्धता सहजै बुझाउँन सक्ने क्षमताले मतदाताबीच उनी लोकप्रिय बनेका छन् । आप्mनै निर्वाचन क्षेत्र मोरङको ६(१) मा पर्ने बुढीगंगा गाउँपालिका ४ हात्तीमुढामा हुर्केबढेका र पढेको हुनाले स्थानीयबासीका समस्याहरु के के हुन् भन्ने उनले प्रष्ट बुझेका छन् । यसैले जितेपछि आप्mनो ठाउँको के र कसरी अनि कसका लागि किन र कस्तो विकास गर्नुपर्छ भन्ने उनले प्रष्ट योजना बनाएका छन् ।

ती उम्मेदवार को होलान् ? उनी हुन् मोरङ ६(१) प्रदेश सभामा चुनावी प्रतिस्पर्धा गरिरहेका ३६ वर्षे युवा जीवन आचार्य । २०७४ को निर्वाचनमा झिनो मतान्तरले हार बेहोरेका आचार्य हारेपछि अरु जस्तो पलायन भएनन् । बरु निरन्तर पाँच वर्ष झन् सक्रिय भएर आफनो क्षेत्रको विकासमा लागिपरिरहे । राजकीय पदमा नभएपनि उनी १६ करोड बढीका योजना ल्याएर मतदाताहरुको सेवा गर्न सफल भए । गाउँ छाडेर जान लागेको बुढीगंगा ७ आदिबासी चौकमा रहेको शसस्त्र प्रहरीको बेस क्याम्प रोक्न लगाए । निर्वाचन क्षेत्रमा आप्mनै खर्चमा गाउँ गाउँमा कच्चीपक्की बाटोहरु बनाइदिए । गुणस्तरीय ट्रान्सफर्मरहरु जडान गरेर पोल पुगेपनि १२ वर्षदेखि बिजुली नपुगेको गाउँमा झलमल्ल बिजुली बाले ।
विभिन्न ठाउँमा खेल मैदान बनाइदिए । यसबाहेक निरन्तर जनताका समस्या सुनेबुझेर आर्थिक र प्रशासनिक सहयोग निरन्तर गरिरहे । यसैले मोरङ ६(१) मा प्रदेश सांसदका लागि चुनावी प्रतिस्पर्धा गरिरहेका आचार्य सबैका साझा निर्विकल्प उम्मेदवार बनेका छन् । उनको लगनशीलताले गर्दा होला सबैलाई युवा र नयाँ नेतालाई जिताए मात्र आप्mनो गाउँठाउँमा विकास आउँछ भन्ने मतदाताहरुलाई पूर्ण विश्वास भैसकेको छ । आदिबासी चौककी अगुवा महिला ईन्द्रा विश्वास भन्छिन् ,‘जीवन आचार्य हाम्रो ठाउँको विकासका लागि साँच्चै जीवन हुन् यसैले उनलाई नजिताए हामीले अरु कसलाई जिताउने होला ?’

दुर्गम पहाडी जिल्ला खोटाङमा जन्मेका सबैका चहेता उम्मेदवार हुन् जीवन । आर्थिक अभावले गर्दा उनी बाबुआमासँगै बाल्यकालमै तत्काल मोरङको हात्तीमुढा झरे । त्यहीको आदिवासी थारु र अल्पसंख्यक मुस्लिम समुदायहरुसँग लुटपुट भएरसँगै खेले पढे । गाउँमा परिवारसँगै कृषिकर्म पनि गरे । उच्च शिक्षा गाउँबाटै धाएर विराटनगरको मोरङ कलेजमा पढे । लड्दैपढदै कम्प्युटर पनि सिके । पछि आफंैले कम्प्युटर इन्स्टिच्युट खोलेर पढाउन थाले । दुःखसुख उनले अर्थशास्त्रमा एमए गरे । त्यसपछि उनले राजनीति शास्त्रमा पनि डिग्री लिए ।

पछि उनको संयोगवस माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दहालकी कान्छी छोरी गंगा दहालसँग विवाह हुन पुग्यो । त्यसपछि जीवन प्रभावशाली पार्टी अध्यक्ष प्रचण्डको ज्वाइँ बन्न पुगे । तर, उनले शक्तिशाली नेताको ज्वाइँ भएर पनि कहिल्यै घमण्ड गरेनन् । कसैलाई होच्याउने, दबाउने काम गरेनन् । पैसा लिएर सरुवा बढुवा गराउने काममा लागनेन् । बरु आफनो वर्गीय धरालतको सोचलाई यर्थाथ बनाउन सधैं स्थानीयसँग जोडिइरहे । आप्mनो निर्वाचन क्षेत्रमा पाँच वर्षसम्म सेवामा खटिरहे । चाहेका भए उनले आफूलाई सधैं ‘पावरको सुप्रिमो’ बनाएर राख्न सक्ने थिए । काठमाण्डौमै घरघडेरी जोडेर हैकम जमाउन पाउँथे । तर, उनले कहिल्यै शक्ति र पैसाको लोभ गरेनन् । सरल स्वभाव र नम्र बोलीवचन , सहयोगी भवना अनि सादा जीवनका उनी उम्मेदवार जीवन भन्छन्, ‘ मैले कहिल्यै शक्ति र पैसाका लागि लोभ र घमण्ड गरिन बरु आफंै केही गर्नुपर्छ भनेर निरन्तर पार्टी राजनीतिमा सक्रिय भएँ, आप्mनो उद्यमलाई अगाडि बढाउन लागिपरे र सधैं लागि परिरहने छु ।’

मोरङको क्षेत्र नम्बर ६(१) अझै पनि निक्कै पछाडि पारिएको छ । यहाँ अझै अशिक्षा र गरिबी हावी छ । अझै बाटोघाटोको समस्या छ । पूर्ण सरसफाई पुगिसकेको छैन । डुबान र कटानको पनि समस्या छ । सीमान्तकृत थारु समुदायको बाहुल्यता भएको यो क्षेत्रमा अझै अन्धविश्वास हावी छ । यहाँ आदिबासीहरुको मौलिक संस्कृति र उद्यमहरुको अझै संरक्षण हुन सकेको छैन । भएका उद्यम र सँस्कृतिहरु प्नि लोप हुँदै गइरहेका छन् । यहाँ जनजाति , खस र दलितहरुको पनि बाक्लो उपस्थिति छ । उनीहरु पनि धेरै गरिबीको चपेटामा छन् । सुकुम्बासी समस्या अझै चुनौती बनिरहेको छ । ‘यसैले विकासका लागि साँच्चैको जीवन बनेर पाँच बर्षसम्म सेवा गर्न हामीलाई जीवनको खाँचो छ,’ स्थानीयबासी बलिराम राजबंशीले भने ।’

२०७४ को प्रदेश सभा निर्वाचनमा झिनो मतान्तरले हार बेहोरेका थिए आचार्यले । त्यो बेला एमाले र माओबादी केन्द्रको वाम गठबन्धनबाट आचार्य काँग्रेसका चुमनारायण तवदारसँग २ हजार ४३ मतले मात्र पराजित भएका थिए । आचार्यले २१ हजार ४७० र तवदारले २३ हजार ५१३ मत प्राप्त गरेका थिए । यसपाली ७० हजार बढी मतदाता रहेको मोरङ ६(१)मा गत स्थानीय निर्वाचनमा वामलोकतान्त्रिक गठबन्धनले एमालेले भन्दा फराकिलो मत प्राप्त गरेको छ । यसैले पहिले झिनो मतान्तरले हार बेहोरेका आचार्य यसपाली आफूले वाम लोकतान्त्रिक गठबन्धनबाट चुनावी प्रतिस्पर्धा गरेकोले सहजै बिजयी हुनेमा ढुक्क छन् । यसैले उनले आफू प्रदेश सांसद बनेमा पाँच वर्ष स्थानीयबासीसँगै बसेर सँगसँगै नमूना विकासमा लागिपर्ने कसम खाएका छन् । करिव जीत सुनिश्चित गराइसकेका आचार्य भन्छन्, ‘मैले प्रतिबद्धता गरेको छु कि म जितेर काठमाण्डौ बस्ने छैन बरु कासठमाण्डौसँग सम्बन्ध बनाएर यस क्षेत्रको विकासमा योगदान गर्नेछु ।’
अघिल्लो पटक उम्मेदवार बन्दा नातावाद र टुरिष्ट जस्ता आरोप लगाउने प्रयत्न भएको थियो । तर पाँच वर्षको अवधिमा चुनाव हारेरपनि निर्वाचन क्षेत्रमा उनले १६ करोड भन्दा बढीका योजनाहरु ल्याउए । डुबान र कोरोना महामारीको समयमा क्षेत्रमा बसेर उनले जे कामहरु गरे यस पटक कसैले जीवनको उम्मेदवारीमाथि औंला उठाउने र मिथ्या आरोप लगाउने आँट गर्न सकेनन् । बरु जीवनबाट मात्र यस क्षेत्रको विकास छ भन्ने प्रष्टसँग बुझे ।

स्थानीय रोशनलाल थारुकाअनुसार मोरङ ६(१)मा एमाले पार्टी विभाजित मात्र नभई चरम अन्तरविरोधमा रुमल्लिएको छ । त्यस क्षेत्रका बलभद्र सरदार जस्ता एमालेका पुराना र प्रभावशाली सयौं नेता कार्यकर्ता माओवादीतर्फ लागेका छन् । समाजमा प्रभाव राख्ने राजन केसी, चण्डी रेग्मी, काशिम मियाँ आदि नेताहरु एमाले छोडेर नेकपा एकीकृत समाजवादीमा आबद्ध भएका कारण एमाले निकै कमजोर भएको र गठबन्धन बलियो अवस्थामा पुगेको स्थानीयहरुले बताएका छन् ।
माओवादी पार्टीका केन्द्रीय सदस्य आचार्यले चाहदाँ प्रतिनिधि सभाकै टिकट ल्याउन सक्थे तर उनले शक्तिको प्रयोग गर्न चाहेनन् । विकासको जग दाता र छाता हैन आफनै पिरामिड शैलीमा भएमात्र बलियो हुन्छ भन्ने बुझेका उनले प्रतिनिधि सभातर्फको चाहना राखेनन् प्रदेशमै प्रत्यक्षमा निर्वाचन लडने सोच बनाए । सीमित अधिकार भएको प्रदेशमा चुनाव नलड्न भनि आएको सुझावलाई उनले बेवास्ता गगर्दै काम गर्नका लागि प्रदेश सभा पनि उतिकै प्रभावकारी हुने विश्वास गरे । ‘मैले संघ छाडेर प्रदेश रोजेको हुँ र म प्रदेश सांसदकै रुपमा काम गरेर देखाउँछु ।’

मोरङ ६(१)मा पाँच स्वतन्त्रसहित २२ जनाले प्रदेशसभाका लागि प्रतिस्पर्धा गर्दैछन् । तिमध्ये गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका जीवन आचार्य र एमालेकी ४४ वर्षे रिता न्यौपानेबीच हुने देखिन्छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा बुढीगंगा गाउँपालिकाको उपप्रमुखमा पराजीत न्यौपाने प्रदेश सभाका लागि पहिलो पटक चुनावमा होमिएकी हुन् । निजी विद्यालयका सञ्चालक उनी महिलाको सहानुभूति मत तानेर चुनाव जित्ने कोसिसमा छिन् । आचार्यले महिला उम्मेदवारप्रति सम्मानभाव राख्दै स्वस्थ प्रतिस्पर्धा गर्ने बताएका छन् । महिला अधिकारका लागि प्रभावकारी कानुन बनाउन शसक्त भूमिका खेल्ने र व्यवहारबाटै मैलामैत्री जनप्रतिनिधिको रुपमा आफूलाई प्रमाणित गर्ने उनको भनाइ छ ।