विराटनगर । नेपाली काँग्रेसका प्रभवशाली नेता डा। शेखर कोइरालाले अपाङ्गता भएका व्यक्तिहरूको हरेक क्षेत्रमा प्रतिनिधित्व र पहुँचका लागि लड्ने बताएका छन् ।

विराटनगर–४ मा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लोकतान्त्रिक–बाम गठबन्धन मोरङ–६ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका कोइरालाले अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मविश्वास बलियो बनाएर अघि बढ्न समेत आग्रह गरे । उनले आफूलाई चुनाव जिताए अपाङ्गता भएका व्यक्तिहरूलाई हरेक क्षेत्रमा प्रतिनिधित्व र पहुँचमा पुर्‍याउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

त्यसै गरी मोरङ क्षेत्र नम्बर ६ प्रदेशसभा (ख) का उम्मेदवार केदार कार्कीले उपाङ्गमैत्री कानुन बनाएर कार्यान्वयन गर्न लागिपर्ने बताए । उनले आफूहरूलाई चुनाव जिताए अपाङ्गता भएकाहरूको पक्षमा काम गर्ने समेत बताए । कार्यक्रममा अपाङ्गता भएका विभिन्न व्यक्तिहरूको सहभागिता थियो ।