विराटगनर । नेपाल पत्रकार महासंघ मोरङले मंसिर १६ गते वार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ । सोमबार विराटनगरमा बसेको महासंघको बैठकले मंसिर १६ गते शुक्रबार पूर्वी मोरङको उर्लाबारीमा साधारण सभा गर्ने निर्णय गरेको हो ।
साधारणसभा व्यवस्थापनका लागि उपाध्यक्ष मोहन भट्टराईको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ । समितिका सदस्यहरुमा सहसचिव प्रशान्त निरौला, सदस्यहरु नवराज भट्टराई, सुरेश अधिकारी र तेजन खड्का छन् ।
वार्षिक साधारण सभाका अवसरमा मोरङका सञ्चारकर्मीहरुको विवरण सहितको डायरी प्रकाशन गरिने महासंघले जनाएको छ ।
त्यसको तयारीका लागि सहसचिव अनिल श्रेष्ठको संयोजकत्वमा पवन साह र उषा सरदार सदस्य रहनेगरि प्रकाशन समिति गठन गरिएको बताइएको छ ।

