काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कार्यकर्ता माथि खनिएका छन । दैलेखको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनी कार्यकर्ता माथि खनिएका हुन ।
उनले भीम रावलको माया लाग्ने कार्यकर्तालाई अछाम जान निर्देशन दिएका छन् ।
चुनावी सभालाई सम्बोधन गर्ने क्रममा दर्शक दीर्घामा रहेका एक कार्यकर्ताले भीम रावलको बारेमा प्रश्न उठाएपछि ओलीले उनीतर्फ लक्षित गर्दै अछाममै गएर बस्न निर्देशन दिए ।
ओलीले भने– ‘चुप लागेर बस्नुस् । भीम रावलको माया लागेको भए अछाम ती छ पारिट्टी जानुस् । र, त्यहीँ बस्नुस् । ’

