विराटनगर । विराटनगर वडा नम्बर ६ निवासी गोपाल झाको घरमा नेकपा एमालेका युवा नेता विजय कामतको अगुवाइमा ढुङ्गा प्रहार भएको छ। विजय कामत वडा नम्बर ६ का पूर्व वडा अध्यक्ष समेत हुन्। स्थानीयका अनुसार झगडाको प्रमुख कारण एमाले पार्टी भित्रको द्वन्द्व हो ।
समाचारको क्रममा होहल्ला सुने पछि निरोज मल्ल सहितको पत्रकार पत्रकारिताको धर्म निभाउँदै घरको ढोका नजिक पुग्यो । ‘त्यहाँको भाडेदारले फुटेको घरमा फ्याँकिएको सबै ढुङ्गा देखाउन् थालिन् र हामी पनि सोही अनुरूप भिडियो कैद गर्न थाल्यौं । त्यहाँ फिल्मी शैली ढुङ्गा मुढा भएको तर आफू झन्डै मरेको एक बालकले सुनाए,’ संचारकर्मी मल्लले भने, ‘त्यहाँ अधिकांश सबै नेकपा एमालेका युवा तथा छ नम्बर क्षेत्रमा चिरपरिचित अनुहार थिए । तर उग्र शैलीमा धम्काउँदै तलबाट ठेकेदार कहलिएका एमाले कार्यकर्ता लालबाबु साह धम्कि दिँदै भन्न थाले ‘भिडियो डिलिट गर । हामी एकछिन आश्चर्य चकित भयौं । अनि हामीले भन्यौँ भिडियो डिलिट कुनै हालमामा हुँदैन।’
तर त्यहाँको माहोल हेर्दा आफूलाई विराटनगरमा पुनः गुण्डागर्दी सुरु भएको जस्तो लागेको मल्लले बताए । ठेकेदार कहलिएका लाल बाबु साहले भिडियो डिलिट गर्न बारम्बार भनिरहे पनि आफूले डिलिट नगरेको उनको भनाइ छ । ‘त्यहाँको भाडेदारको अवस्था हेर्दा यस्तो महसुस हुँदैथियो कि भिडियो डिलिट गर्नु स्वयम् आफैले आफैलाई धोका दिनु हो,’ मल्ल भन्छन्, ‘लाल बाबु साह बारम्बार भनिरहे मेरो घर हो भिडियो डिलिट गर ।’ त्यस घरमा रहेका बालबालिका त्रसित थिए । फेरी आएर ढुङ्गा हान्ने होकी भन्ने उनीहरूमा डर थियो ।

