एमाले सुनसरीले १० जनालाई गर्‍यो पार्टीबाट निस्कासित

विराटनगर । नेकपा एमाले सुनसरीले १० नेता तथा कार्यकर्तालाई पाटीबाट निष्कासित गरेको छ ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा पाटीको निर्णय विपरीत काम गरेको भन्दै उनीहरूलाई हटाइएको नेकपा एमाले सुनसरीका अध्यक्ष रेवतिरमण भण्डारीले धरान उपमहानगर कमिटीलाई लेखेको पत्रमा जनाइएको छ । निष्कासित गरिएका नेताहरू प्रदेश कमिटी सदस्य देखी सङ्गठित सदस्य सम्म रहेका छन ।

प्रदेश कमिटी सदस्य किशोर कुमार कार्की, धरान नगर कमिटी सचिवालय सदस्य नारायण भट्टराई, जिल्ला सल्लाकार हरिहर प्यारा श्रेष्ठ, १३ नम्बर वडा कमिटी अध्यक्ष, घनश्याम खतिवडा लाई निष्कासित गरेको हो ।

यस्तै उद्धव श्रेष्ठ,हरि तामाङ, ठाकुर बहादुर कार्की, राम कुमार राई, पहलमान बस्नेतलाई समेत एमाले सुनसरीले कारबाही गरेको छ ।

एमाले बाट विद्रोह गरेर सुनसरी १ मा प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवार दिएका मनोज मेन्याङवोलाई उनीहरूले सघाएका थिए । सो क्षेत्रमा एमाले जसपा बिच गठबन्धन हुँदा जसपाका अशोक राई उम्मेदवार बनेका छन । अशोकलाई हराउन चलखेल गरेको आरोपमा एमाले सुनसरील कारबाही गरेको बुझिएको छ ।

बिहिबार, २४ कार्तिक, २०७९, साँझको ०७:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर