विराटनगर । प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखर चन्द्र थापाको निधनमा प्रदेश १ सरकारले बिहीबार सार्वजनिक बिदा दिने भएको छ ।

प्रदेश १ सरकारले थापाको निधनप्रति राष्ट्रिय झन्डा झुकाउने र बिहीबार सार्वजनिक बिदा दिने भएको हो ।

‘प्रदेश सरकार, वन वातावरण तथा भूसंरक्ष्ण मन्त्रालय, प्रदेश नं. १ का माननीय मन्त्री शेखर चन्द्र थापाको निधनको शोकमा प्रदेश सरकार सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्थाहरु मिति २०७९ साल कार्तिक २४ गते बिहीबार सार्वजनिक बिदा दिने तथा राष्ट्रिय झन्डा झुकाउने प्रदेश सरकारबाट निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बुधवार जारी गरेको सार्वजनिक सूचनामा उल्लेख गरीएको छ ।

केही दिनअघि डेंगीबाट संक्रमित भएका मन्त्री थापाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा बुधवार बिहान साढे १० बजे निधन भएको थियो । उनी मोरङ क्षेत्र नम्बर ३ (१) का प्रदेशसभाका उम्मेदवार समेत थिए ।