प्रचण्डले ल्याए गोरखा–२ का लागि ४५ रणनीतिक योजना

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा क्षेत्र नम्बर–२ का लागि रणनीतिक महत्वका योजना सार्वजनिक गरेका छन् ।

उनले आफ्नो निर्वाचन क्षेत्रको लागि ४५ रणनीतिक योजनासहित प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन् । मंसिर–४ मा हुने निर्वाचनको लागि प्रचण्ड गोरखा क्षेत्र नम्बर–२ बाट उम्मेदवार छन् । उनले गोरखाको सडक, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवद्र्धन, कृषि, जडिबुटी, व्यावसायिक पशुपालन, सीपमुलक तालिम, साहित्य कला संस्कृतिको संरक्षण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

आफूले चुनाव जितेपछि गोरखाबाटै आर्थिक विकास निर्माण र समृद्धिको सुरुवात हुने उनको दावी छ ।

आइतबार, २० कार्तिक, २०७९, दिउँसोको ०२:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर