सुनसरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेकपा एमालेले झुटको खेती गरेर जनता झुक्याउने काम गरेको आरोप लगाएका छन् । शनिवार सुनसरीको घुस्कीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै

मन्त्री कार्कीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै जनता झुक्याउँदै आएको आरोप लगाएका हुन । सुनसरी ४ को प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार रहेका कांग्रेस नेता कार्कीले ओलीले संविधानप्रदत्त अधिकार कुण्ठित गर्ने काम गरेको बताए । उनले केपी ओलीले प्रधानमन्त्री हुने बित्तिकै चुनावमा जनता सामु गरेका वाचा पूरा गर्न छाडेर संविधानप्रदत्त अधिकार कुण्ठित गर्ने कार्यमा जुटेकोे आरोप लगाए ।

‘नेपालमा एउटा पार्टी छ, नेकपा एमाले भन्ने जुन पार्टीले नेपाली जनतालाई सधैँ झुटो, पूरा नहुने सपना देखाएर नेपाली जनतामा नैराश्यता ल्याउने काम गर्दछ । हामी जे बोल्छौँ त्यो गर्छौं । नेकपा एमाले भन्ने पार्टी जे बोल्छ, त्यो गर्दैन । जे भन्छ, त्यो बोल्दैन । केपी ओली प्रधानमन्त्री हुने बित्तिकै उहाँको ध्यान निर्वाचनको ताका जनताका अघि गरेका वाचाहरुलाई पूरा गर्न सक्दैन । संविधानले प्रदान गरेका हक र अधिकारलाई कुण्ठित गरेर सबै हक र अधिकार आफ्नो मुठिमा रख्ने प्रयत्नमा लाग्नुभयो । अहिले हामी गठबन्धनको संस्कृतिलाई अघि बढिरहेको छ’, मन्त्री कार्कीले भने ।

उनले अहिले गठबन्धनको संस्कृतिलाई अघि बढाएको र यो गठबन्धनले नेपालको विकास गर्ने दाबी गरे ।