विराटनगर । मंसिर ४ गते हुने निर्वाचनविरुद्ध गतिविधिमा संलग्न रहेका २ जनालाई मोरब प्रहरीले पक्राउ गरेको छ ।
निर्वाचनका विरुद्ध प्रचार प्रसारमा उत्रिएका नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा मोरब जिल्ला इन्चार्ज विमल निरौला र सोही पार्टीनिकट अखिल क्रान्तिकारीका केन्द्रीय सचिव महेश श्रेष्ठलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
‘संघीय जनगणतन्त्र स्थापनाको लागि संघर्षको तयारी गरौँ, आसन्न संघीय तथा प्रादेशिक निर्वाचन सशक्त बहिष्कार गरौँ’ भन्ने नारा लेखिएको पोस्टर तथा पर्चा वितरण गरिरहेका उनीहरुलाई बेलबारीबाट पक्राउ गरिएको सो पार्टीले जनाएको छ ।
मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादीले आगामी निर्वाचन बहिष्कार गर्ने घोषणासहित निर्वाचनविरोधी गतिविधि गर्दै आइरहेको छ ।