विराटनगर । सत्ता गठबन्धनले मोरङ क्षेत्र नम्बर ४ ले निर्वाचन क्षेत्र केन्द्रित कार्यतालिका सार्वजनिक गरेको छ ।

बुधबार नेपाली कांग्रेस पार्टी कार्यालय विराटनगरमा बसेको क्षेत्र नम्बर ४ निर्वाचन परिचालन कमिटीको बैठकले चुनाव प्रचार प्रसारको तालिका सार्वजनिक गरेको हो । ।

१७ गते विराटनगरको घिनाघाट र पुष्पलाल चोकबाट मोटरसाइकल र्‍याली सहितको कार्यक्रमबाट तय गरिएको चुनाव परिचालन कमिटीका संयोजक महेश रेग्मीले जानकारी दिए ।

त्यस्तै १८ गते बेलवारी ७ र विराटनगर ३ मा घरदैलो राखिएको छ । २० गते विराटनगर १९, कटहरी ३ ग्रामथान ४ र कटहरी २ मा घरदैलो र कोणसभा राखिएको छ । कात्तिक २१ गते कटहरी ४, कटहरी ३, ग्रामथान २ र विराटनगर १० मा घरदैलो र कोणसभा राखिएको नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति विनोद बस्नेतले बताए ।

कात्तिक २२ गते पनि विराटनगर ३ र १०, ग्रामथान २ र कटहरी ४ मा घरदैलो, कात्तिक २३ गते कटहरी ६, कटहरी १, ग्रामथान ५ र विराटनगर १ मा मतदाता लक्षित घरदैलो र कोणसभा गरिने बस्नेतले जानकारी दिए । कात्तिक २४ गते कटहरी ६ र ग्रामथान ७ मा घरदैलो र विराटनगर क्षेत्रमा कोणसभा गर्ने सत्ता गठबन्धनको निर्णय छ ।