छठ हेर्न गएको बालकको हत्या गरेको आरोपमा ५ जना पक्राउ

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–७ मावा खोलानजिक छुरा प्रहार गरेर झापाको दमक नगरपालिका–१० आमबाडी १४ वर्षीय दियुस श्रेष्ठको हत्या आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

छठ पर्व हेर्न मावा खोलामा आएका बेला आइतबार राति १०ः२५ बजेतिर दियुसमाथि छुरा प्रहार भएको थियो ।

उपचारको क्रममा वि।एण्ड।सी।अस्पताल बिर्तामोड झापामा आज बिहान ४:५० बजे मृत्यु भएको थियो ।

प्रहरीले घटनामा संलग्न मोरङ उर्लाबारी नगरपालिका वडा नं.६ चन्द्रमा चौक बस्ने वर्ष १७ को सरोज बस्नेत, सोही ठाउका सन्देश खवास , १६ वर्षीय सपन खत्री , मन्जिल माझीर विकास तामाङ रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । घटनामा संलग्न एक जना फरार छन । फरारको पनि खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

दियुसलाइ पूर्व रिसिइबिको कारण चक्कु प्रहार गरी हत्या गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको डिएसपी श्रेष्ठले जानकारी दिए ।

सोमबार, १४ कार्तिक, २०७९, दिउँसोको ०३:४२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर