विराटनगर । संयुक्त अधिराज्य बेलायतमा कन्जरभेटिभ पार्टीको नेता चयन भएकोमामा ऋषि सुनकलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिएका छन्।
बेलायतको आगामी प्रधानमन्त्रीका रूपमा निर्वाचित भएकामा देउवाले सुनकलाई बधाई दिएका हुन्।
बेलायतका प्रधानमन्त्री लिज ट्रसले पद सम्हालेको ४५ दिनमै राजीनामा दिएपछि नयाँ प्रधानमन्त्रीका रुपमा सुनक पक्का भएका हुन्।
प्रधानमन्त्री देउवाले मंगलबार ट्विटरमार्फत महत्वपूर्ण जिम्मेवारीका लागि शुभकामना दिँदै लामो समयदेखिको नेपाल–बेलायत सम्बन्धलाई अगाडि बढाउन आफू तत्पर रहेको उल्लेख गरेका छन्।