विराटनगर । विराटनगरको महेन्द्र चौक अगाडी रहेको रघुनाथ पेट्रोल पम्पमा रंगेहात साइकल चोरलाई स्थानीयले पक्राउ गरेको छ । पार्किङ गरी राखिएको साइकल चोरी गर्दै गर्दा स्थानीयले विराटनगर ६ का २८ वर्षीय अजय पासवानलाई मङ्गलवार साँझ पक्राउ गरेको हो ।
पक्राउ परेका पासवानले पेट्रोल पम्प अगाडी राखिएको सन्नी तोमसको साइकल चोरी गर्दै गर्दा स्थानीयले पक्राउ गरेका थिए । पक्राउ परेका पासवानलाई स्थानीयले वडा प्रहरी कार्यालय विराटनगरलाई जिम्मा लगाएको छ । वडाले जिल्ला प्रहरी कार्यालय मोरङ पढाउने तयारी गरेको छ ।

