विराटनगर  । औषधि क्षेत्रमा देखा परेको विकृति र विसङ्ंगति अन्त्य गरि स्वच्छ र मर्यादित व्यवसाय संचालन गर्न सरोकारवालाले जोड दिएका छन् ।

नेपाल औषधि व्यवसायी सङ्घ मोरङले दसैं, तिहार, छठ र नेपाल सम्वत्को अवसरमा शुक्रबार विराटनगरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा संघका मोरङ अध्यक्ष लक्ष्मी तिम्सिनाले औषधि क्षेत्रमा देखा परेको विकृति र विसङ्गति अन्त्य गरी स्वच्छ र मर्यादित व्यवसाय सञ्चालन गरिनुपर्ने बताए । उपाध्यक्ष देशबन्धु ढकालले औषधि व्यवसायीहरू एक ढिका भएर सङ्गठित हुन सके मात्र व्यवसायीहरूको माग पुरा हुने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ मोरङका सहसचिव अनिल श्रेष्ठ, उद्धव घिमिरे, सुरेश जैसवाल, दुर्गाराज भट्टराई, प्रमोद साहलगायतले शुभकामना दिएका थिए ।