भोजपुर । नेकपा(माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य तथा प्रतिनिधिसभा भोजपुरका गठबन्धन उम्मेदवार सुदन किरातीले अहिले जनतालाई खच्चडको हैन १२ चक्के ट्रकको आवश्यकता रहेको बताएका छन् ।

एमाले नेता शेरधन राईले ‘दुई–दुई पटक सांसद भएर पनि सुदन किरातीले केही गर्न नसकेको’ भनि लगाएको आरोपको खण्डन गर्दै किरातीले राईप्रति इंगित गर्दै भने, ‘मेरो प्रतिस्पर्धीले जति गर्नुभयो अब त्योभन्दा बढी गर्न सक्नुहुन्न ।’

‘अबको जमाना भनेको बुलेट रेलको हो । ट्याक्टरले बोक्ने भारी खच्चडलाई बोकाएर हुँदैन’ किरातीले भने ‘बुलेट रेलको जमानामा खच्चडको उपयोगिता हुन सक्दैन ।’ शेरधन राईले आफूलाई मन्त्रीको दावेदार रहेको बताउँदै आएपनि किरातीले उनी मन्त्री हुन नसक्ने समेत बताएका थिए । ‘अब बन्ने सरकार गठबन्धनको सरकार हुन्छ । मन्त्री पद सधैंभरी शेरधनको नाममा तमसुक गरिएको छैन,’ उनले भने ।
किरातीले आफू सांसद पदमा रहँदा मन्त्री हुन नसके पनि भोजपुरे जनताको शिर निहुराउने काम नगरेको दाबी गरे । ‘शेरधनीसँग जनताको कुरा संसदमा पु¥याउने हिम्मत छ कि छैन ?’ किरातीले भने, ‘तर, मैले जनताको समस्यालाई जहिल्यै शिर ठाडो पारेर निर्धक्क किन बोलिरहे, किनभने मसँग त्यो नैतिक बल छ ।’