विराटनगर । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बेठीक मान्छेको हातमा पुगेको देशलाई संकटबाट बचाउन नयाँ जोखिम लिएको बताएका छन ।
विराटनगरमा आयोजित सत्ता गठबन्धनको भेलालाई सम्बोधन गर्दै उनले लोकतन्त्र धरापमा पर्ने, संघीयता खारेज हुने हो कि भन्ने अवस्थालाई पार लगाउन आफूले त्याग गरेको र देशलाई जोगाएको बताए ।
उनले शेरबहादुर देउवा र प्रचण्डले गरेको संघर्षलाई पनि बिर्सन नहुने बताए । उनले भने, ‘ शेरबहादुर र प्रचण्डले गरेको संघर्षलाई पनि बिर्सन हुँदैन । अहिले अर्को गठबन्धन बनाइएको छ । त्यो गठबन्धन अप्राकृतिक हो । हाम्रो गठबन्धन अर्गानिक हो । सत्ता गठबन्धन एकताबद्ध भएर दृढताका साथ अगाडि बढ्नुपर्छ ।’
गठबन्धनको उद्देश्य सत्ता मात्रै नभएको समेत उनले बताए । ००७ साल, ०४७, ०६२–०६३ मा काँग्रेससँग कम्युनिष्ट मिलेरै प्रगति गरिएको भन्दै उनले सत्ता गठबन्धन स्वभाविक गठबन्धन भएको हो । यो गठबन्धन प्रगतिशील गठबन्धन हो ।’

