बेलबारी । राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट मोरङ क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यकी उम्मेदवार रेखा थापा आफैं सिटीरिक्सा चलाएर घरदैलो गर्न थालेकी छन् । घरदैलो अभियान सुरु गरेको थापा तेस्रो दिन आफैं सिटीरिक्सा चलाएर टोलबस्तीमा पुगेकी थिइन् ।
बेलबारी नगरपालिकाको वडा नं ११ मा भएको घरदैलो कार्यक्रममा रेखाले रिक्सा चलाउँदै नागरिकसँग मत मागिन् भने उनी गाउँटोलमा युवाहरुसँग क्यारेमबोर्ड खेलेर मनोरञ्जनमासमेत सहभागी बनिन् ।
नायिक तथा राप्रपा उम्मेदवार रेखाले बेलबारी वडा नं ११ मा क्याराम बोर्ड खेल्दै गरेका युवाहरूलार्य साथ दिएकी थिइन् । उनको सबैखाले गतिविधिका कारण मतताताहरु उनीसँग आकर्षित देखिएका छन् । घरदैलो गर्ने क्रममा उनको चन्चले स्वभाव प्रकट हुँदा मतदाताहरु छिट्टै घुलमिल हुने गरेको देखिन्थ्यो ।
घरदैलोमा थापाले विभिन्न स्थानमा पुगेर आफ्नो कुरा मतदातालाई सुनाएर हिँड्ने पुरानो प्रवृत्तिलाई तोड्दै मतदातासँग दोहोरो संवाद गर्ने गरेका छन् । उनले जनताको गुनासो सुन्ने र सम्बोधन गर्न पहल गर्न बताउने गरेकी थिइन् ।