गणेश लम्साल
सधै निष्ठाको राजनीति गर्छु भन्ने व्यक्ति हुन् उपेन्द्र यादव । फोहोरीसँग संगत गर्न सक्दिन भन्दै विजयकुमार गच्छदार र जयप्रकाश गुप्ताहरुसँग सम्बन्ध त तोड्ने नेता हुन् उपेन्द्र । मधेश आन्दोलनलाई उत्कर्षमा पुर्याएर देशमा संघीयताको जग बसाल्ने आफू नै हुँ भन्दै घमण्ड गर्ने राजनैतिक पात्र हुन् उपेन्द्र यादव ।
अनि देशभित्र औपनिवेशिक उत्पीडन विरुद्धको एजेण्डा आफू र आफ्नो पार्टीसँग मात्रै भएकोले आफूहरुले मधेश र आममधेशीहरुलाई अधिकार दिलाएर मुक्ति दिलाउन सक्ने हुँकार गर्दै आएका राजनीतिज्ञ हुन् उपेन्द
।
उपेन्द्र उर्फ उपेन्द्र यादव । दोस्रो जनआन्दोलनपछि पहिले मधेशी जनअधिकार फोरम हँुदै हाल जनता समाजवादीका अध्यक्ष हुन् सफल नेता हुन् उपेन्द्र यादव । पहिले विराटनगरकै जेसी बाल सदनमा पढाएर समान्य जीविका चलाउने तर राजनीतिमा लागेपछि अकुत सम्पत्ति जोड्न सफल व्यक्तित्व हुन् उपेन्द्र यादव ।
यतिमात्र हैन पछिल्लो समय आममधेशीको नभएर आप्mनो विरासतलाई अगाडि बढाउन तत्पर भैसकेका परिवर्तनकारीबाट परम्परावादीमा रुपान्तरण भैसकेका नेता हुन् उपेन्द्र यादव । मधेश र मधेशीजनतालाई सत्ताकै लागि कहिल्यै धोका दिन्न र गलत सम्झौता कहिले गर्दिन, सधै प्रतिगमनको विरोध गरिरहन्छु र अग्रगमनलाई सधै अँगालो हालिरहन्छु भनेर सार्वजनिक रुपमा कसम खाइरहने कथित नेता पनि हुन् उपेन्द्र । देशमा संविधान जारी हुँदा मधेशीहरुको हित अनुकुल भएन भन्दै संविधान जलाउने र कालो दिवस मनाउने पार्र्टीको मुख्य नेतृत्व पनि हुन् उपेन्द्र यादव ।
सुनसरीको मधुवनमा बसोवास गर्दैदेखि एमालेबाट राजनीति सुरु गरेपछि माओवादी हँुदै मधेशी जनअधिकार फोरमका अध्यक्ष बनेका उपेन्द्र यादवले मधेश आन्दोलनपछि उत्पीडनमा परेका आममधेशीहरुका मसिहा नै ठान्ने गरेका छन् । धेरैले उनलाई मधेश आन्दोलनलाई उत्र्कषमा पु¥याउने एक संघर्षशील नेता पनि मान्दै आएका थिए । विदेशीको निर्देशनअनुसार कहिले मधेश आन्दोलनलाई हिंसात्मक बनाउने तर कहिले सत्तामा बिक्री गर्ने पिपलपाते मधेशी नेताहरुभन्दा फरक नै थिए उपेन्द्र । उनले केपी ओलीले गरेको प्रतिगमनकारी कदमको विरोधमा भएको संघर्षमा सह्रानीय भूमिका पनि खेलेका थिए ।
तर, तीनै उपेन्द्रले हाल सत्ता स्वार्थका लागि आफ्नो सबै साख र आम उत्पीडित मधेशीहरुको अधिकार कुण्ठित गराउन पुगेका छन् । उनले आफूलाई केन्द्रीय भूमिकामा चलायमान बनाइराख्ने लोभमा आप्mनो पार्टीलाई जसरी पनि राष्ट्रिय पार्टी बनाइराख्नु पर्छ भन्दै प्रतिगमनको नेतृत्वगर्दै आएको एमाले पार्टीसँग चुनावी तालमेल गर्न पुगेका छन् ।
पहिले वामलोकतान्त्रिक गठबन्धनभित्रै रहेका उपेन्द्र आफूलाई उपेक्षा ग¥यो सिट कम दिने भयो भन्दै एमालेसँग सुटुक्क बार्गेनिङ गर्न पुगेका थिए । तर, सत्ता गठबन्धनलाई धोका दिने मनसायले घुक्र्याउन एमालेको दैलोमा पुगेपछि गठबन्धन रुष्ट भयो । उनी हतारमा फर्कन चाहेपनि धेरै ढिलो भइसकेकोले हिस्सिए । यसैले उनले बाध्य भएर प्रतिगमनको मतियार एमालेसँग अपबित्र गठबन्ध गरे । किनभने उनी राष्ट्रिय पार्टीको नेता रहिरहन सकेनन् भने सत्ताका लागि उनको बार्गेनिङ पावर समाप्त हुनेछ । राष्ट्रिय राजनीतिमा चलायमा नहुन सकिएन भने सँधै अरुलाई पाखा लगाएर आफू मात्र केन्द्रमा रहिरहन रुचाउने उपेन्द्रजीलाई बचेखुचेका सहयोगीहरुले पनि साथ छाडनेछन् भन्ने उनले ठाने । यसैले उनले आफनो कदम प्रतिगमनकारी हो भनेर बुझे पनि मन मारेरै भएपनि मधेश र मधेशीको एजेण्डा र अग्रगमनको मुद्दा भन्दा ठूलो सत्ता स्वाार्थ हो भन्ने ठानेर एमालेसँग गठबन्धन गरे । अहिले एमालेसँग आफूले गठबन्धन गरेका हांै भनेर आममधेशीहरुलाई भन्न सकेका छैनन् । किनकी उनले मधेश आन्दोलनलाई धोका दिएका छन् । यसैले उनी प्रतिरक्षा गर्दै यो चुनावी तालमेल मात्र हो हामीले कुनै लिखित रुपले गठबन्धन गरेका छैनौं भनेर आमनागरिकहरुलाई आश्वस्त पार्न खोजिरहेका छन् ।
यता जब अग्रगमनकारी भनिएका उपेन्द्रले प्रतिगमनका नाइके केपी ओलीसँग कुम जोडे लगत्तै उनले प्रतिकुल प्रतिक्रिया पाउन थाले । उनलाई बचेखुचेको मधेशको मुद्दा प्रतिगमनलाई बुझाएर सत्ताका लागि आत्मसमर्पण गरेको आरोप मात्र लागेन उनी आफंै जोखिममा परेका छन् । उनलाई अहिले आप्mनै पार्टीभित्र फेस गर्न पनि गाह्रो भैरहेको छ । नागरिकता विधेयक विरोधीसँग सहवास गर्न पुगेको भन्दै उपेन्द्रसँग उनकै कार्यकर्ताहरु मात्र नभएर आममधेशीहरु रुष्ट बने । कार्यकर्ताहरुले धमाधम पार्टी छाड्न थाले । धेरैले उनलाई छाडेर फरक पार्टी र स्वतन्त्रबाट उम्मेदवारी दिए । भएकाहरु पनि अध्यक्षले विश्वासै गर्न नसकेको पार्टी एमालेलाई विश्वास गरेर मधेशको एजेण्डा सत्ताको स्वार्थका लागि बिक्रि गरेको भन्दै आमकार्यकर्ता र इमानी नेताहरु रुष्ट बने । हुँदाहुँदा कहलिएका नेता उपेन्द्र यादववादको सानो झुण्डमा परिणत हुने अवस्था आयो । स्वयं इमानी यादवहरु बोल्न नसकेकोले मात्र हो उनलाई आफ्नै यादव समुदायका धेरै नेता कार्यकर्ताले आगामी निर्वाचनपछि साथ दिने अवस्था पनि छैन । सायद उनले ४ मंसिरपछि पक्कै अवपित्र गठबन्धनबारे पक्कै पश्चताप गर्नु पर्ने छ ।
मोरङकै कुरा गर्ने हो भनेपनि उपेन्द्रको पार्टीलाई एमालेले सहमती विपरित उम्मेदवार उठाएर अन्तिम समयमा धोका दिएकोले अब तालमेल चुनावमा कार्यान्वयन हुने अवस्था छैन । मोरङ ४ (ख) मा त्यागी नेता सञ्जय सिँह राजपुत र ६ (क) मा राजेन्द्र गुप्ताहरुले धोका पाए । मोरङ ५ मा प्रतिनिधिसभाको उम्मेदवार बनेका केन्द्रीय नेता राजकुमार यादव मात्र नभएर सदाचारी नेताको छवि बनाएका प्रदेशका स्वास्थ्य मन्त्री जयराम यादवहरु पनि धरापमा परेका छन् ।
अन्तिममा उपेन्द्र यादवको सत्तास्वार्थ अनि केन्द्रीय राजनीतिमा सधै ‘मंै खाउँ मै मात्र लाउँ ’ भन्ने चरम महत्वाकांक्षी चरित्रले गर्दा अब मधेशीहरुको अधिकारको ‘मसिहामै मात्र हुँ’ भन्ने उनको घमण्ड पनि समाप्त भएको छ । सँगै मधेशको एजेण्डा पनि विर्सजन भएको छ । जुन आममधेशीहरुले बुझिसकेका छन् । जसको मूल्याङंकन उनलाई मधेशी नागरिकहरुले यही निर्वाचनमा गर्नेछन् । अहिलेलाई यति भन्न सकिन्छ —उपेन्द्र जी ! तपाईँ जानिजानि आफैं भीरबाट खस्नु भएकाले राम राम ! मात्रै भन्न सक्छौं । तर, काँधहाल्न सक्दैंनौ ।