विराटनगर । विराटनगर जेसीजले ‘जेसीज सप्ताह २०२२’ विविध कार्यक्रम गरी मनाउने भएको छ ।
विराटनगर जेसीजले विराटनगरमा आइतबार पत्रकार सम्मेलन गरी जेसीज सप्ताहमा विभिन्न कार्यक्रम आयोजना गर्ने जानकारी गराएको हो ।
जेसीज सप्ताह कार्यक्रम अन्तर्गत कात्तिक १ गते देखी ५ गते सम्म विभिन्न कार्यक्रम आयोजना गरी मनाउने तयारीमा गरेको जेसीज सप्ताह कार्यक्रमका संयोजक अभिनास थापाले जानकारी दिए । कार्यक्रम अन्तर्गत पहिलो दिन कात्तिक १ गते उद्घाटन तथा स्लो साइकल रेस गरिने भएको छ । विराटनगरको सहिद रङ्गशालामा भित्र स्लो साइकल रेस गरिने भएको छ । साइकल रेसमा सहभागी भई प्रथम हुनेलाई पुरस्कार राखिएको विराटनगर जेसीजको अध्यक्ष देवचन्द्र घिमिरेले जानकारी दिए ।
त्यसै गरी कात्तिक २ गते विराटनगर ७ मा रहेको आमाको छात्रावासलाई मायाको राशन, स्कुल ब्याग तथा स्टेसनरी वितरण गरिने भएको छ । सोही दिन सार्वजनिक यातायातका मजदुरहरूलाई स्वास्थ्य शिविर तथा ब्लड सुगर चेक गरिने भएको छ ।
कात्तिक ३ गते वहुशाखा अभिमुखीकरण कार्यक्रम, कात्तिक ४ गते विराटनगरको महेन्द्र चौकमा आगामी नेतृत्वसँग युवा साँझासवाल सवाल र कात्तिक ५ गते पत्रकार महासंघ र कर्पोरेट हाउस बिच मैत्रीपूर्ण फुटसल र जेसीज सम्मान तथा जेसीज रात्रि कार्यक्रम रहेको कार्यक्रम संयोजक थापाले जानकारी दिए । कार्यक्रम सम्पन्न गर्न करिब ६ लाख खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

