दमक । गत असोज ७ गते उद्योग बाणिज्य संघको सभाहलमा खोला व्यवस्थापन तथा सौन्दर्यकरण अभियान दमकको बृहत भेला आयोजना गरिएको थियो । दमकमा रहेका खोलानालाहरुको व्यवस्थापन गरी तिनलाई पर्यटकीय क्षेत्र बनाउने योजनाका लागि भेला डाकिएको थियो ।

भेलाको व्यवस्थापन र संयोजन गरेका थिए अभियानका अभियन्ता गगन पुरीले भने कार्यक्रमका प्रमुख अतिथि थिए दमक नगरपालिकाका प्रमुख राम थापा । कार्यक्रममा दमक वडा नम्बर ९ का वडा अध्यक्ष कुँवर भट्टराई, दमक नगर उप–प्रमुख रेगिना भट्टराई लगायतले गगन पुरीको अभियानलाई नगरपालीकाले अपनत्व लिनुपर्ने बताए ।

अन्तिम वक्ताको रुपमा रहेका नगर प्रमुख थापाले खोला सौन्दर्यकरण गर्ने अभियानलाई नगरपालिकाले स्वामित्व लिने बताउँदै यो अभियानका अभियन्ता गगन पुरीको खुलेर तारिफ गरे । पुरीले दमकका खोलाहरुको व्यवस्थापन गरी पर्यटकीय क्षेत्र बनाउने भन्दा सुरुमा आपूmलाई पत्यार नलागेको भन्दै थापाले अहिले प्रदेश र संघीय सरकारले समेत यसलाई चासो दिएर रकम विनियोजन गरेपछि भने आफूले पुरीलाई भविष्यलाई हेरेर विकाशका योजना बनाउन सक्ने नेताको रुपमा बुझेको बताए ।

आफू नगरपालिकामा निर्वाचित भएपछि प्रदेश र संघका मन्त्रालयहरुमा योजनाहरु माग्न जाँदा पुरीको पनि ठूलोे साथ र सहयोग रहेको भन्दै थापाले पुरी क्षमतावान नेता भएको बताए । उनले आपूm नगर प्रमुख भएकै बेला पुरी मन्त्री भए दमकलाई नमूना बनाउन सकिन्थ्यो भन्ने लागेको पनि बताए । पुरीलाई मन्त्री भएको हेर्ने आप्mनो चाहना रहेको भन्दै नगर प्रमुख थापाले दमकको विकाशको सम्वाहक पुरी भएको बताए । थापाले पुरीलाई मन्त्री बन्ने सुभकामना दिएको २० दिनपछि पुरी पनि आगामी मंसिर ४ गने हुने निर्वाचनको लागि झापा क्षेत्र नम्बर ५ (२) बाट प्रदेशसभामा काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतको संयुक्त गठबन्धनबाट उम्मेदवार बनेका छन् । यहाँका मतदाताले पनि पुरीले निर्वाचन जितेमा मन्त्री हुन सक्ने व्यक्ति भन्दै सामाजिक सञ्जालमा प्रतिक्रिया दिन थालेका छन् ।

तर, संयोग भने दमक नगर प्रमुख थापालाई स्थानीय तह निर्वाचनमा जिताउन एउटै मोर्चामा रहेका पुरीलाई मन्त्री बनाउने निर्वाचनमा भने औपचारिक रुपमा थापा गठबन्धनमा सामेल हुन पाएनन् । राप्रपाले एमालेसँग गठबन्धन गरे पनि थापाले भने अहिलेसम्म कसलाई सहयोग गर्ने खुलिसकेको छैन । थापाले पुरी मन्त्री बनेर सहकार्य गर्न चाहेको प्रक्रिया भने सुरु भएको छ । के थापा को कामना पुरा होला त ? यो प्रश्नको उत्तरका लागि भने मंसिर ४ पर्खनुको विकल्प छैन ।