विदेशमा हराएको छोरीको खोजीमा भौँतारिएकी आमा

विराटनगर । वैदेशिक रोजगारको सिलसिलामा आठ वर्षदेखि हराएको छोरीको खोजी गरिदिन एक दम्पतीले हारगुहार गरेका छन् ।

विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गरी इटहरी उपमहानगरपालिका २ आमगाछीकी दुर्गा देवी पुरीले माइली छोरी ३६ वर्षीय गीता पुरी ९गिरी० को खोजी गरिदिन आग्रह गरेकी हुन् ।

वैदेशिक रोजगारीमा कतार जान्छु भनेर हिँडेको गीता अहिलेसम्म समर्पकमा नआएको आमा दुर्गा देवीले बताइन् । २०७१ साल भदौ २३ गते गीता रोजगारीको क्रममा कतार गएकी थिइन् । उनी विदेश गएको ८ वर्ष पुरा भयो । छोरी घर नफर्किएपछि ५० वर्षीय आमा दुर्गा देवीको मन छोरीको पीरले भतभती पोलेको छ । त्यही दुःख बिसाउन र हराएको छोरी खोजी गरिदिन हारगुहार गरेकी छिन् । उनले हराएको छोरी खोजी गरिदिन सरकारी अड्डा पनि धाइरहेकी छन् । तर, अहिलेसम्म छोरी कहाँ छिन, के गर्दै छिन कुनै पत्तो नलागेको उनले बताइन् ।

साँझ परेपछि कहिले ज्वाइँ त कहिले आफन्त कहाँ बास बस्न पुग्छिन् र, उज्यालो भएपछि फेरि छोरी खोजिदिन आग्रह गर्दै सरकारी अड्डा पुग्छिन् । थाहा पनि छैन, विदेशमा हराएको छोरी कसले खोजिदिन्छ रु तै पनि आस मारेकी छैनन् । दुर्गादेवी ६० वर्षीय श्रीमान्, ज्वाइँ महेन्द्र गिरी र १६ वर्षीय नातिलाई लिएर हराएको छोरी खोजिदिन परराष्ट्र मन्त्रालय देखि श्रम मन्त्रालयले वैदेशिक रोजगार विभाग सम्म पुगेकी थिइन् । तर, अहिलेसम्म कुनै पत्तो नलाउने दुर्गादेवीले बताइन् ।

‘आठ वर्ष भयो ८ वर्षको नातिलाई घरमा छोडेर रोजगारीको सिलसिलामा वैदेशिक रोजगारमा छोरी कतार गएको । गएको दुई वर्षसम्म छोरी समर्पकमा थिइन् । काम राम्रै छ । चिन्ता गर्नु पर्दैन भन्ने गरिने थिइन् । सन् २०१६ देखि छोरी सम्पर्कविहीन भइन् । अहिलेसम्म छोरीको कुनै अत्तोपत्तो छैन,’ उनले भनिन्, ‘हराएको छोरीको कुनै पत्तो नलागेपछि अध्यागमन विभागमा पनि पुगेका थियौँ । त्यहाँ सन २०१७ मा छोरी नेपाल आएको देखिन्छ भन्ने गरेको छ । तर, हामी कोही सँगै भेटघाट भएको छैन ।’

हराएको छोरी नभेटेपछि हुलियासहित असोज ७ गते इलाका प्रहरी कार्यालय इटहरीमा खोजी गरिदिन निवेदन पनि दिएको आमा दुर्गादेवीले बताइन् । अहिलेसम्म छोरीको कुनै पत्तो नलागेको उनले बताइन् ।

बिहिबार, २७ असोज, २०७९, साँझको ०७:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर