विराटनगर । मोरङमा ४० हजार मतदाता रहेको राजवंशी समुदायको प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व नगराइएको गुनासो गरेका छन् । विराट राजवंशी युवा समितिले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरेर यस्तो गुनासो गरेका हुन् ।

उनीहरूले चुनावमा प्रमुख राजनैतिक दलले राजवंशी समुदायबाट प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम्मेदवारी बनाएको कारणले आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफूहरूले मत हाल्न नसक्ने अवस्था रहेको झापा, मोरङ र सुनसरीमा रहेका राजवंशीहरू मध्ये मोरङमा विराट राजवंशी रहेको समितिका अध्यक्ष विक्रम राजवंशीले जानकारी बताए । मोरङमा धेरै मतदाता रहे पनि कुनै पनि दलले एक जना पनि प्रतिनिधित्व गराउन नचाहेको उनको गुनासो थियो ।

प्रत्यक्ष र समानुपातिकतर्फ कुनै पनि दलले सिफारिस नगरेको विराट राजवंशी समाजका उपाध्यक्ष प्रदीपकुमार विश्वासले बताए । सधैँ राजनीतिक दलमा आबद्ध भएर बसे पनि अवसरबाट जहिल्यै वञ्चित गराइएको उनको गुनासो थियो ।

जहिल्यै एकै व्यक्ति निर्वाचनमा उठ्ने र उसैलाई मत हाल्नुपर्ने बाहेक अर्को अवसर नदिने गरिएको विराट राजवंशी समाज केन्द्रीय सदस्य जानुका राजवंशीको गुनासो थियो ।

उनले एउटै जातिले मात्रै अवसर पाउने गरी उम्मेदवार छनौट हुँदा पछाडि परेको समुदायको प्रतिनिधित्व हुन नसकेको बताए ।