विराटनगर । सत्तारुढ गठबन्धनले राजेन्द्र महतोसँग प्रतिस्पर्धामा रहेका महेन्द्र राय यादवलाई समर्थन गर्ने भएको छ।

यादव प्रतिनिधि सभा सदस्यका लागि सर्लाही २ बाट चुनाव उठ्दै छन । यादव र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का महतो प्रतिस्पर्धामा छन्। मधेशका केही सीटमा महन्थ ठाकुर नेतृत्वको लोसपाकासँग सत्तारुढ गठबन्धनले तालमेल गरेको थियो । तर सर्लाही २ मा नेसपाका यादवलाई समर्थन गरेको हो।

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त विज्ञप्ति जारी गरी यादवलाई समर्थन गर्ने जनाएका हुन।

त्यस्तै, गठबन्धनले प्रदेश सभामा सर्लाही २ ‘क’ मा सुनिल साह र सर्लाही २ ‘ख’ मा कौशल किशोर राय यादवलाई समर्थन गरेको छ।