विराटनगर । पोखरीया छट पूजा समारोह समितिले यस वर्षपनि परोपकार घाटस्थित सिंघिया नदी किनारमा गर्दै आएको सांस्कृतिक एवम् भजन किर्तन र जाग्राम कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

दुई दशकदेखि निरन्तररुपमा नदी किनारमा सूर्य देवताको प्रतिमा तथा अन्य देवी देवताको प्रतिमा राखेर गर्दै आएको पूजा र सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिने समितिले निर्णय गरेको हो ।

पूजाका लागि सामाजिक क्षेत्रबाट जुटाउँदै आएको सहयोगलाई पनि निरन्तरता दिने भन्दै त्यसका लागि समितिले सार्वजनिक अपिलसमेत प्रकाशन गरेको छ । समितिका अध्यक्ष रामु कामतले टेन्ट सजावत, जेनेरेटर, लाइट तथा बत्ती, मूर्ती, सजावट सामग्री, भजन मण्डली, साउण्ड सिस्टम आदिका लागि ४ लाख २० हजार रुपैयाँ खर्च आउने भएकोले विगतमा झैं सहयोग गर्न आग्रह गरेका छन् ।