पाँचथर । पाँचथरमा सत्तारुढ गठबन्धनका उम्मेदवारी दिएका नेपाली कांग्रेसका पुराना नेता खड्गसुन्दर लावतीले उम्मेदवारी फिर्ता लिएका छन् ।
प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोविरुद्ध पाँचथरको प्रदेशसभा २ मा बागी उम्मेदवारी दिएका लावतीले उम्मेदवारी फिर्ता लिएका हुन् ।
सत्तारुढ गठबन्धनका आधिकारिक उम्मेदवार नेकपा माओवादी केन्द्रका आङ्बोविरुद्ध उम्मेदवार बनेका लावतीले निर्वाचन आयोगले तोकेको समयसीमाभिभ मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत टिकेन्द्र दाहालले जानकारी दिए । कांग्रेसका पुराना नेता लावती साविक कुरुम्वा गाविसका तत्कालीन अध्यक्ष पनि हुन् ।
पार्टी र गठबन्धनको निर्देशनअनुरुप उम्म्मेदवारी फिर्ता लिएको र अब गठबन्धनका उम्मेदवार बिजयी बनाउन सक्रिय बन्ने उनले बताएका छन् ।

