विराटनगर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूविरुद्ध परेको उजुरीको जवाफ मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाएका छन्।

पत्नी डा. आरजू राणा देउवामार्फत उजुरीको जवाफ बुझाएका हुन्।देउवाले प्रमाणसहित जवाफ पठाएको उनले बताए। देउवालाई जवाफ पठाउन दिउँसो २ बजेसम्मको समय दिइएको थियो। बिहान साढे ११ बजे प्रधानमन्त्री देउवाले पठाएको जबाफको पत्र कार्यालयमा दर्ता भएको छ ।

नेपाली कांग्रेस (बीपी) का उम्मेदवार कर्णबहादुर मल्लले जन्म मिति फरक भएको भन्दै दिएको उजुरी दिएका थिए। डडेल्धुराबाट उम्मेदवारी दिएका प्रधानमन्त्री देउवाको मनोनयनविरुद्ध सोमबार निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो ।