उम्मेदवारहरूको नामावली प्रकाशन गर्दै आयोग

विराटनगर । निर्वाचन आयोगले आज(मंगलवार) उम्मेदवारहरूको नामावली प्रकाशन गर्दैछ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको कार्यतालिका अनुसार आयोगले उम्मेदवारको नामावली प्रकाशन गर्न लागेको हो ।

आइतवार उम्मेदवारहरूको मनोनयन दर्ता गरेको थियो । सोमवार उम्मेदवारविरुद्ध परेका उजुरी लिएको थियो ।

प्राप्त उजुरीमाथि मंगलवार छानबिन गरी निर्णय लिने र नामावली सार्वजनिक गरिने आयोगले जनाएको छ ।आयोगले उम्मेदवारविरुद्ध परेका उजुरीमाथि छानबिन गर्ने जिम्मा भने सम्बन्धित निर्वाचन अधिकृतलाई नै दिएको छ ।

आज बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली सार्वजनिक गर्ने कार्यतालिका रहेको छ ।कार्यतालिका अनुसार बुधवार बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने दिन तोकिएको छ ।

आयोगले अन्तिम नामावलि भने बुधवार मात्रै सार्वजनिक गर्ने छ ।

मङ्गलबार, २५ असोज, २०७९, बिहानको ०८:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर