विराटनगर । लेखक युग पाठकले झापा–५ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दिएको क्षेत्रमा पाठकले उम्मेदवारी दर्ता गरेका हुन् ।
पाठकले दिउँसो १ः४५ बजे निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी गराएका थिए । लेखेर र विश्लेषण गरेर मात्रै नपुगेकोले वैचारिक तथा राजनीतिक हस्तक्षेपको लागि उम्मेदवारी दिएको उनले बताएका छन् ।
शक्तितिर फर्किएको राजनीतिलाई जनतातिर फर्काउन र निराश मुलुकमा आशा ल्याउन झापा ५ मा प्रतिनिधिसभा सदस्यको मनोनयन दर्ता गरेको पाठकको भनाइ छ । पाठकले यसअघि नै ओलीविरुद्ध उम्मेदवारी दिने घोषणा गरेका थिए ।
सो क्षेत्रमा सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका खगेन्द्र अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।

