विराटनगर । एमालेबाट टिकट नपाएका घनश्याम भुसाल माओवादीबाट गठबन्धनको सहयोगमा चुनाव लड्ने सम्भावना बढेको छ ।

नेकपा एमालेको स्थायी कमिटी सदस्य रेहका भुसालका लागि नेकपा (माओवादी केन्द्र)ले रुपन्देही क्षेत्र नम्बर १ को टिकट होल्ड गरेको छ ।

घनश्यामसँगै कुरा भएर टिकट होल्ड गरिएको माओवादीका एक नेताले बताए ।

यसअघि रुपन्देही– ३ बाट चुनाव लड्दै आएका भुसाललाई यसपटक एमालेले टिकट दिएको छैन ।

भुसालले आफ्नो घर रहेको रुपन्देही– १ बाट चुनाव लड्ने तरखर गरेका हुन् । रुपन्देही– १ बाट एमालेले छविलाल विश्वकर्मालाई उम्मेदवार बनाएको छ ।