धनकुटा । धनकुटाको पाख्रिवास नगरपालिका ९ मा बाबुले छोराको हत्या गरेका छन्। स्थानीय ५४ वर्षे उपेन्द्र ठाडाले धारिलो हतियार प्रहार गरी शुक्रबार बिहान ८ :३० बजेतिर ३० वर्षे छोरा सन्तोषको हत्या गरेका हुन् ।
हत्या गरेर भागेका ठाडालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । घरायसी विवाद हुँदा बाबुले धारिलो हतियार प्रहार गर्दा छोराको मृत्यु भएको थियो । घटनाको विस्तृत विवरण प्राप्त भइसकेको छैन ।

