वरिष्ठ न्युरो सर्जन डा. रोकाको १०८ कविता सङ्ग्रह विमोचन

विराटनगर । वरिष्ठ न्युरो सर्जन डा.  यामबहादुर रोकाको ‘१०८ कविता सङ्ग्रह’ विमोचन गरिएको छ । विराटनगरस्थित आरोहण गुरुकुलमा शनिवार एक कार्यक्रमको आयोजना गर्दै डा। रोकाको कविता सङ्ग्रह १०८ विमोचन गरिएको हो ।

डा. रोकाको १०८ कविता सङ्ग्रह वरिष्ठ कवि तथा संस्कृतिविद् तुलसी दिवसको प्रमुख आतिथ्यमा डा। रोकाको कविता सङ्ग्रहका पुस्तक विमोचन गरिएको हो । विमोचन गरिएको कविता सङ्ग्रहमा डा. रोकाको १०८ वटा कविता समेटिएका छन् । डा. रोकाद्वारा लिखित कविताहरू अङ्ग्रेजी भाषामा छन् । डा. रोकाले यसअघि पनि कविता सङ्ग्रहका दुई पुस्तक निकालिसकेका छन् । कविता सङ्ग्रहका कुल १२ वटा भोल्युम निकाल्ने तयारी रहेको उनले बताए । कविताले भ्रष्टाचार, कुप्रथा, गरिबी, प्रदूषण र नेपाली राजनीति सहित सामाजिक विषयवस्तु लगायतका क्षेत्रलाई समेटेको उनले बताए ।

डा. रोकाले हालसम्म साढे ८ सय बढी कविताहरू लेखिसकेका छन् । उनीद्वारा लिखित कविताहरूमा जीवनको यर्थाथ चित्रण गरिएको छ । मानव जीवनलाई उल्टो दृष्टिकोणले पनि हेर्नुपर्छ भन्ने सन्देश उनको कविताले दिएको पाइन्छ । पुस्तक विमोचन कार्यक्रममा बोल्दै संस्कृतिविद् तुलसी दिवसले डा. रोकाको कविताले आफ्नो मौलिकता झल्काएको बताए । डा. रोकाले मौलिकतालाई आफ्नो ढङ्गबाट विकास गर्ने प्रयास कविताको माध्यमबाट गरेको उनको भनाइ थियो ।
डा. रोकाको कविता सङ्ग्रहले कवितामाथिको गहिरो चिन्तनमाथि नयाँ सोचको शुभारम्भ गरेको बताइएको छ । समाजको विरोधाभासपूर्ण शैलीलाई डा. रोकाले आफ्नो कविताहरूमा सरल ढङ्गले व्याख्या गर्न खोजेको पाइन्छ ।
बाल्यकालदेखि नै साहित्य सिर्जनामा झुकाव राख्ने डा. रोकाले अङ्ग्रेजी कविता सङ्ग्रह ‘१०८ कविताको भोल्युम १ र २’ यसअघि बजारमा ल्याइसकेका छन् । डा. रोका समाजसेवा पनि सक्रिय छन् । दूर दराजका बालबालिकाको शिक्षामा पहुँच होस् भन्ने उद्देश्यले उनले जन्मस्थल बागलुङको स्कुललाई सहयोग गर्दै आएका छन् ।

 

शनिबार, ०८ असोज, २०७९, साँझको ०६:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर