विराटनगर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले एमालेसँग चुनावी तालमेल गर्ने प्रयास गरेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै विरोधमा उत्रिएको लोसपाले नागरिकता विधेयक र चुनावी मतलाई एउटै रूपमा हेर्न नहुने भन्दै एमालेसँग सहकार्य गर्न खोजेको छ ।
लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले नागरिकता विधेयकलाई प्रमाणीकरण हुन नदिन एमाले, कांग्रेस, माओवादी सबैले षडयन्त्र गरेको जिकिर गरे।
उनले चुनावी तालमेललाई नीतिगत रूपमा हेर्न नमिल्ने समेत बताए। सत्ता गठबन्धनसँग तालमेलको सम्भावना सकिँदै गएको उनले बताए।
लोसपाका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले एमालेसँग छलफल चलिरहे पनि पार्टीका तर्फबाट वार्तामा खटिएका सर्वेन्द्रनाथ शुक्ला अस्वस्थ रहेकाले वार्ता निष्कर्षमा नपुगेको बताए।
एमालेबाट उपाध्यक्ष विष्णु पौडेलले जसपासँग वार्ता गरिरहेका छन् ।नागरिकता विधेयकमा सैद्धान्तिक रूपमा फरक भए पनि चुनावी तालमेलसँग यो विषय जोड्न नहुने उनको भनाई छ।
लोसपाका अर्का कार्यकारिणी सदस्य केशव झाले नागरिकता विधेयक प्रमाणीकरण नभएको विरोधमा आउनेलाई समर्थन गर्ने र एमालेसँगको तालमेल पनि अघि बढ्ने बताए।उनले पनि एमालेसँगै आफूहरूले चुनावी तालमेल हुनेर यसका लागि प्रयास भइरहेको बताए।