काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विज्ञान प्रविधिले देशलाई समाजवादतिर लैजाने बताएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालयमा १० औं राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विज्ञान प्रविधिलाई आत्मसाथ गर्दै अघि बढ्नु पर्ने बताए ।
उनले विज्ञान प्रविधिलाई जसले राम्रोसँग आत्मसाथ गर्न सकेका राष्ट्र विकसित भएको बताउनु हुँदै विज्ञान प्रविधिलाई आत्मसाथ नगर्ने राष्ट्रको विकास हुन नसक्ने उनको दाबी रहेको थियो । ‘विज्ञान प्रविधिले समाजवादतिर लैजान्छ । यसलाई आत्मसाथ गर्नु मुख्य विषय हो,’ उनले भने ।
उनले क्रान्तिको, परिवर्तनको, स्वतन्त्रताको, मानव जातीको उन्मुक्तिको अभियान सुरु भएको पनि बताए । उनले अहिलेको संविधानले पनि विज्ञान प्रविधिलाई समाजवादको उदेश्यमा अघि बढाउने गरी आत्मसाथ गरेको बताए ।
उनले दक्षिण एसियामा धर्मशास्त्रले सन्तोष लिन सिकाउने र भौतिकवादी विज्ञानले असन्तुष्ट हुनु भएको यो किन कसरी भयो भनेर खोजी हुने बताए ।