विराटनगर । प्रदेश नं. १ प्रहरी कार्यालय विराटनगरले तीन कार्य दिन अवधिको विशिष्ठ ब्यक्तिको सुरक्षा पुनर्ताजगी अनुशिक्षण तालिम सञ्चालन गरेको छ ।
प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले तालिम समापनको अवसरमा सिकेका ज्ञान र शिपको ब्यवहारिक रुपमा अक्षरस पालना गरी विशिष्ठ ब्यक्तिहरुको सुरक्षामा अहोरात्र खटिन सहभागी प्रशिक्षार्थीहरुलाई निर्देशन दिए ।
विशिष्ठ ब्यक्तिको सुरक्षा पुनर्ताजगी अनुशिक्षण तालिममा सहभागि प्रशिक्षार्थीहरुलाई सैद्धान्तिक र प्रयोगात्मक ज्ञान दिनुका साथै छोटो हतियारबाट फाईरिङसमेत गराईएको थियो ।
फोटो

